खतिवडाको नेपालबाट बिदाईसँगै नेपाली पूजीबजारको कालो धब्बाको अन्त्य, सेयर बजारमा एकाएक बहार

असोज १६, काठमाडौं,  विहिवार बसेको मन्त्रिपरिषद्को वैठकले पुर्वअर्थमन्त्री युवराज खतिवडालाई चारवर्षका लागि अमेरिकाको लागि नेपाली राजदुत बनाउने निर्णय गरेपछि नेपाली शेयरबजार एकाएक उकालो लाग्यो ।  क्याबिनेट बैठकले हालै अर्थ मन्त्रीबाट राजीनामा दिएका तर प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा रहिरहेका युवराज खतिवडालाई चार वर्षका लागि नेपालबाटै बिदाई गर्ने निर्णय गरेको छ । पुँजी बजारलाई सँधै नकारात्मक रूपमा लिँदै आएका खतिवडा गभर्नर,योजना आयोगको उपाध्यक्ष,अर्थमन्त्री र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएपछि सेयर बजार ओरालो लाग्दै आएको थियो ।,

उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।

तर, नेपालमै नरहने गरी अमेरिकाको लागि राजदूतमा नियुक्त गर्ने निर्णयपछि एकाएक सेयर बजारमा बहार आएको हो । हिजो उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।

जहाँ बसेपनि अर्थतन्त्रसँग जोडिएको विषयमा हस्तक्षेप गरेर पुँजी बजारलाई कमजोर बनाउने आरोप लाग्दै आएका खतिवडाको कारण लगानीकर्ता सशङ्कित बन्दै आएका थिए । तर,हिजो एक्कासी खतिवडा मुलुकबाटै डेरा सर्नेगरी अमेरिकाको राजदूतमा नियुक्त भएपछि लगानीकर्ता मध्यान्हदेखि नै हौसिएको तथ्यांकले देखाएको छ ।खतिवडाको नेपालबाट बिदाईसँगै नेपाली पूजीबजारको कालो धब्बाको अन्त्य हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र