केही खुकुलो बनाएर एक हप्ता निषेधाज्ञा

11-473x65033-473x65011-473x65011-473x650

काठमाडौं। भदौ दश गते थप गरेको निषेधाज्ञाको अवधि आज (बुधबार) राति सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ तीन गते उपत्यकामा निषेधाज्ञा जारी गरेका थिए।

तर अहिले पनि कोरोना संक्रमणको खोजिम कम भएको निष्कर्षसहित उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्ने  भएको छ। मंगलबार पनि निषेधाज्ञा थप गर्ने विषयमा उपत्यकाका तीनवटै जिल्लाका प्रजिअबीच छलफल भएको थियो। मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।

उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ।

स्राेतका अनुसार भन्सारमा रोकिएका सामान ल्याउन दिने, निश्चित मापदण्ड अपनाएर उद्योगधन्दा संचालन गर्न दिने र विकास निर्माणको कामलाई पनि निरन्तरता दिने तयारी भएको छ।‘निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण बढ्ने र जारी राख्दा दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग समस्यामा पर्ने अवस्था छ।’सरकारले निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने अधिकार प्रजिअलाई दिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भदौ तीन गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन