August 15, 2020

आजदेखि काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक, अटेर गरे कारबाही गरिने

IMG_20200727_154140

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ भदौसम्म भिडभाड जन्य सबै प्रकारका गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध गरिएको छ । निर्णय अनुसार पूजाआजाका लागि मन्दीरमा भक्तजनहरुलाई निषेध हुनेछ ।

यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ । यस्तै परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर गरिने जमघटमा पनि रोक लगाइएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी दाहालले संक्रमणको जोखिम कम गराउँने सन्दर्भमा आदेश जारी गरिएको र शुक्रबार रातीबाट नै निर्णय लागू हुने तथा निषेधित गतिविधि गर्न नपाइने बताए । उनले निर्माणजन्य गतिविधि, उद्योग तथा व्यापार व्यवसाय भने सुरक्षा सावधानी अपनाएर संचालन गर्न पाइने जानकारी दिए ।

आदेशानुसार शैक्षिक संस्थाहरू संचालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय तोकिएको अवधिभर संचालनमा गर्न पाइने छैन । यस्तै कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ , ठेलागाडा र साइकल मार्फत संचालन हुने व्यवसायमा पनि रोक लगाइएको छ ।

यसैगरी उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट संचालनमा पनि प्रतिबन्ध लगाइएको छ । जसअनुसार होटल तथा रेष्टुरेन्टहरुमा गई बसेर खान पाइने छैन । निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रसासन कार्यालयद्धारा जारी आदेशमा भनिएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन