श्रावण २५, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले कुनै पनि गुटमा नलाग्ने र पार्टीभित्रको अन्तरविरोधमा कतै पनि खडा नहुने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबार आइतबार (साबिक माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको स्थानमा) पत्रकार सम्मेलन आयोजना गरेर पार्टीको अन्तरविरोधमा ध्रुवीकरण नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“यसभन्दा अगाडि (विगतमा) हाम्रो पार्टीभित्र रहेको विभिन्न विचार समूहमा उपल्ला नेतृत्व तहहरूसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न, पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा प्रतिबद्ध छौं,” ६१ जना सांसदले सामूहिक रूपमा भनेका छन् ।
त्यस्तै उनीहरूले पार्टीमा हुने र देखिने सबै प्रकार र रूपका अन्तरविरोधहरूलाई पार्टीको विचार र सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि र प्रक्रियाद्वारा वस्तुवादी समाधान खोज्न प्रतिबद्ध रहेको बताएका छन् ।
“पार्टीको उपल्लो नेतृत्व तहमा देखिकएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधलाई मूर्त वा अमूर्त ढङ्गले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढङ्गले पक्ष, विपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुने छैनौं र त्यसप्रकारका पार्टी एकतविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौं,” उनीहरूले अठोट व्यक्त गरेका छन् ।



काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र