August 9, 2020

नेकपाका ६१ सांसदको भनाइ : पार्टीको उपल्लो तहमै विध्वंशात्मक प्रकृतिकाे अन्तरविराेध

श्रावण २५, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले कुनै पनि गुटमा नलाग्‍ने र पार्टीभित्रको अन्तरविरोधमा कतै पनि खडा नहुने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबार आइतबार (साबिक माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको स्थानमा) पत्रकार सम्मेलन आयोजना गरेर पार्टीको अन्तरविरोधमा ध्रुवीकरण नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“यसभन्दा अगाडि (विगतमा) हाम्रो पार्टीभित्र रहेको विभिन्‍न विचार समूहमा उपल्ला नेतृत्व तहहरूसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न, पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा प्रतिबद्ध छौं,” ६१ जना सांसदले सामूहिक रूपमा भनेका छन् ।

त्यस्तै उनीहरूले पार्टीमा हुने र देखिने सबै प्रकार र रूपका अन्तरविरोधहरूलाई पार्टीको विचार र सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि र प्रक्रियाद्वारा वस्तुवादी समाधान खोज्‍न प्रतिबद्ध रहेको बताएका छन् ।

“पार्टीको उपल्लो नेतृत्व तहमा देखिकएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधलाई मूर्त वा अमूर्त ढङ्‍गले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढङ्‍गले पक्ष, विपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुने छैनौं र त्यसप्रकारका पार्टी एकतविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौं,” उनीहरूले अठोट व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन