अब डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँधसँधियार छुट्याइने

news_paper

साउन १७,  काठमाडौँ – जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ । यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने बताइएको छ । यसबाट जमिनको साँध सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने बताइएको छ ।

नापी विभागका अनुसार यसै महिनादेखि देशभर नै नयाँ प्रक्रिया लागूभएको छ । विभागका निर्देशक दामोदर ढकालले साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्ति अब अन्त्य हुने बताए । 

उनका अनुसार, अहिले नाप जाँचमा योग्य दक्ष कर्मचारी भित्रिएका छन् । उनले भने, ‘डिजिटल पद्धतिको नाप जाँच प्रविधि भित्रिएको छ, उहिल्यैको जस्तो अब छैन । ’विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साबिकको अवस्था अहिले नमिल्न सक्छ, कतिपय स्थानमा यो मिलेको छैन, यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुने निर्देशक ढकालको भनाइ छ । खेती, उद्योग, विकास निर्माण गरिने जग्गाको उचित संरक्षण यो प्रविधिको नाप नक्साबाट हुने उनले स्पष्ट पारे । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

संस्था दर्ता र नियमनका लागि एकीकृत कानुनको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको

सैद्धान्तिक विचलनको सन्त्रास

 १ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने