July 9, 2020

बार्हबिसेको पहिरोमा परेका घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो

 

पिपल  नेपाल | 2020 Jul 09 | 02:36 pm 18
facebook sharing buttonकाठमाडौं, असार २५ः बिहीबार सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरोमा परी गम्भीर घाइते भएका दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
उक्त बाढी पहिरोमा परी घाइते भएका अन्य चारजनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए।

बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण मृत्यु भएका एक बच्चा र एक युवकको शव फेला परेको छ । २० जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताइएको छ ।

बाढी तथा पहिरोका कारण ११ वटा घरमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षककाफ्लेले जानकारी दिए ।

यस्तै बाह्रबिसे–३ मा खाकदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। बाढीले भोटेकोशीको पुल पनि बगाएको जनाएको छ ।

यस्तै अरनीको राजमार्ग विभिन्न ठाउँमा बगाएको उनले बताए । केही गाडी पनि बाढीले बगाएको छ । मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन