July 9, 2020

बार्हबिसेको पहिरोमा परेका घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो

 

पिपल  नेपाल | 2020 Jul 09 | 02:36 pm 18
facebook sharing buttonकाठमाडौं, असार २५ः बिहीबार सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरोमा परी गम्भीर घाइते भएका दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
उक्त बाढी पहिरोमा परी घाइते भएका अन्य चारजनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए।

बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण मृत्यु भएका एक बच्चा र एक युवकको शव फेला परेको छ । २० जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताइएको छ ।

बाढी तथा पहिरोका कारण ११ वटा घरमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षककाफ्लेले जानकारी दिए ।

यस्तै बाह्रबिसे–३ मा खाकदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। बाढीले भोटेकोशीको पुल पनि बगाएको जनाएको छ ।

यस्तै अरनीको राजमार्ग विभिन्न ठाउँमा बगाएको उनले बताए । केही गाडी पनि बाढीले बगाएको छ । मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र