नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी विच ‘जुम कन्फ्रेन्स’ हुँदैछ

असार ५ , काठमाडौं : सरकार र पार्टी कसरी चलाउने विषयमा सत्तारु नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीविच आज भर्चुवल छलफल हुँदैछ । चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेताहरु भिडियो छलफलमा जुटेका हुन् ।

nekapachikapa_makalukhabar

चिनियाँ पक्षको चाहना अनुसार दुई देशका ठूला दुई दलविच भिडियो छलफल राखिएको हो । नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै कार्यक्रम निर्धारण गरीएको हो । छलफलमा करिब एक सय बढि कम्युनिस्ट नेताहरु सहभागी हुनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा भर्चुअल मिटिङ तयार पारेको हो । कार्यक्रम सेड्युल अनुसार आज सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले जुमबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना सन्देश दिनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) को पहलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू यसरी छलफलमा जुटन लागेको यो दोस्रो पटक हो । यस अघि करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि काठमाडौंमा छलफल हुँदा दुई देशका दुई कम्युनिस्ट पार्टीविच ६ बुँदे सम्झौता पनि भएको थियो । उक्त सम्झौता अनुसार यो वर्ष नेकपाका सबै ४५ सय केन्द्रीय सदस्यहरूलाई चीन भ्रमण गराउने योजना भएपनि कोरोना महामारीका कारण सम्भव भएको छैन ।

आज दुई पार्टी विच कोरोना महामारीले निम्त्याएको विषयमा प्रमुख छलफल हुनेछ । छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत एक सय बढि नेताहरुको सहभागिता रहने छ ।

जुम बैठकमा केही नेताहरू काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालयबाट र अरु सातै प्रदेशमा रहेका नेताहरू छलफलमा जोडिने कार्यक्रम छ ।

यता चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी हुनेछन् । अन्तरक्रिया अहिले २ बजे सुरु हुने जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन