June 10, 2020

लकडाउन खुकुलाे हुने छ: प्रधानमन्त्री

जेठ २८,काठमाडाैं। कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले संसदलाई जानकारी दिएका छन्।

सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उनले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने बताए। “निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ,” उनले भने।

बैठकमा लकडाउनको मोडालिटीका विषयमा छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए। मुलुकमा दैनिक कोरोना संक्रममितको संख्या बढिरहेको छ। तर चैत ११ गतेदेखि जारी लकडाउन जेठभरी कायम हुँदा दैनिक लकडाउन उल्लंघन गर्नेको संख्या बढिरहेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिले विभिन्न लकडाउन खुलुलो बनाउने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदका पेश गरेको छ।

समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी लकडाउनको मोडालिटीका विषयमा छलफल गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि विभिन्न निकायका पदाधिकारीसँग लकडाउनको मोडालिटीका विषयमा छलफल गरेका थिए।

समन्वय समितिको एक सय भन्दा कम संक्रमित देखिएका जिल्लामा लकडाउन खुलुलो बनाउनु पर्नेलगायतको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ। अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर आर्थिक र समाजिक गतिविधि संचालन गर्न दिनुपर्ने विज्ञहरुले सुझाव दिएका थिए।

सरकारले लकडाउन खुकुलो बनाउने हल्ला चलेसँगै राजधानीमा चलहपहल बढेको छ। तर मंगलबार व्यापारीले बाक्लो रुपमा पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र