June 7, 2020

सरकारलाई काभ्रेलीका तर्फबाट डल्लै धन्यवाद : बाँस्काेटा

जेठ २५,काभ्रेपलाञ्चोक। प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन्। उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएकोसमेत उल्लेख गरेका छन्।

विश्वनै कोरोना भाइरसका कारण आक्रान्त भएको वर्तमान अवस्थामा आर्थिक सङ्कट र चुनौती झेल्दै सरकारले सिङ्गो काभ्रेपलाञ्चोकलाई समृद्ध बनाउनेतर्फ बजेट विनियोजन गरेकामा पूर्वमन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जिल्लावासीका तर्फबाट ‘डल्लै’ धन्यवाद दिएका हुन्।

“प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उनको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ”, उनले भने।

बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस) को भेटमा सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, शहरी पूर्वाधार, सहायक राजमार्गको निर्णयसहितको बजेट व्यवस्थापन, पर्यटन पूर्वाधार, ठूला र मझौला विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण, मदन भण्डारी र प्रतिरक्षा राष्ट्रिय विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नति, हवाई मैदानजस्ता दर्जनौँ योजनामा करोडौँ बजेट विनियोजन भएकामा सरकारलाई ‘विशेष धन्यवाद’ दिएको बताए।

उनले भने, “हामीले धेरै काम गर्नुछ, समय पनि छ, अझ प्रदेशको बजेट आउनै बाँकी छ, म ढुक्क छु, केन्द्रमा समेट्न नसकिएका योजना वाग्मती प्रदेशले समेट्नेछ।”

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा यही जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत आव २०७७/७८ को विनियोजित बजेटमा काभ्रेपलाञ्चोकको विकास योजनाका लागि (थानीय तहबाहेक) विभिन्न शीर्षकमा अर्ब हाराहारीमा बजेट विनियोजन भएको छ ।

चालु दीर्घकालीन महत्वका योजना जारी नै रहेको र आगामी वर्षको बजेटले काभ्रेपलाञ्चोकको विकासमा अर्को फड्को मार्ने भएकाले यसपटक सरकारलाई विशेष धन्यवाद दिइएको बाँस्कोटाले बताए। उनले भने, “समृद्ध काभ्रेपलाञ्चोक निर्माणको हाम्रो यात्रा अकण्टक इन्द्रावती र सुनकोशी नदीझैँ शान्त तर गतिसाथ अघि बढिरहनेछन्।” उनले सामाजिक सञ्जालमार्फत पनि ‘प्रम ओली र उनको नेतृत्व सरकारलाई डल्लै धन्यवाद काभ्रेलीको तर्फबाट’ भनेका छन्।

त्यसो त आगामी वर्षका लागि प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलाई करिब साढे चार अर्ब छुट्याइएको छ। सोमध्ये बनेपा नगरपालिकालाई रु ५२ करोड १० लाख, पनौती नपामा रु ४४ करोड ५२ लाख, धुलिखेल नपामा रु ४० करोड ४६ लाख, नमोबुद्ध नपामा रु ३८ करोड आठ लाख, मण्डनदेउपुर नपामा रु ३५ करोड ३८ लाख तथा रोशी गाउँपालिकालाई रु ३८ करोड ४९ लाख, चौँरीदेउरालीमा रु ३२ करोड ३८ लाख, भुम्लुमा रु २८ करोड ३७ लाख, तेमालमा रु २७ करोड ८८ लाख, महाभारतमा रु २६ करोड ८२ लाख, बेथानचोकमा रु २४ करोड २२ लाख र खानीखोला गाउँपालिकामा रु २० करोड १८ लाख रकम वियोजन गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या