June 6, 2020

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

pani-prirheko-480x360

काठमाडौँ / आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो ।

सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हने गर्दछ । यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ । नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ । अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा र प्रदेश नं ५ र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशका धेरैजसो स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १२।८ मिलीलिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६।४, दिपायलमा २७।१, नेपालगञ्जमा ३।१, सिमारामा ३१।९, जुम्लामा १७।० र धनकुटामा ८।८ मिलीलिटर वर्षा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन