जेठ २४, काठमाडौं : विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ ।
गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो ।
नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ ।
गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ । त्यसका लागि सेटिङ्गमा जानु पर्दछ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ ।
त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाई छ । फोटो सार्ने सेवा सुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा