जेठ १६, रौतहट: रौतहटमा कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई अस्पताल लैजाँदै गर्दा स्थानीयले रोक्न खोजेपछि प्रहरीले हवाई फायर फायर गरेको छ ।
जिल्लाको इशनाथ नगरपालिका–७ मा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि प्रहरीले १३ राउण्ड हवाई फायर गरेको हो ।
इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाँदै गर्दा त्यहीँ राख्न माग गर्दै स्थानीयले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको रौतहट प्रहरीले जनाएको छ ।
आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । अहिले स्थिती सामान्य रहेको रौतहट प्रहरीले जनाएको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र