थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ५ : सोमबार नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या तीन सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

0000_korona_1

नयाँ थपिएका संक्रमित रौतहट र बारा जिल्लाका हुन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

नयाँ थपिएका संक्रमितमा रौटहटको इसनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २३, २९ र ३० वर्षीय पुरुष छन्।

त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला र बाराको कैलैया उपमहानगरपालिका ५ निवासी ३८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको सोमबार बिहान ८ : ४५ बजे डा.अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र