जेठ २,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्ध गराएको नीति तथा कार्यक्रमको प्रति उनले पढेर सुनाएकी हुन् ।
राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्राथमिकता फेरिएको उनले जानकारी गराइन् । कोभिड-१९ महामारीका कारण मानवजातिमाथि सबैभन्दा ठूलो संकट पैदा भएको भन्दै उनले नीति तथा कार्यक्रमले कोरोना प्रभावले पारेका असर न्यूनीकरण गर्न कार्यक्रमहरु बनाइएको बताइन् । कोभिडका कारण मौजुदा स्वास्थ्य सुविधा अपर्याप्त देखिएको बताउँदै उनले स्वास्थ्य पूर्वाधार र रोजगारी प्राथमिकता रहेको उल्लेख गरिन् ।
यस महामारीबाट हुने आर्थिक क्षतिको पूर्ति आगामी दिनमा हुनसक्ने उनको जिकिर छ । सरकारले मानवजातिको संरक्षण सर्वोच्च कतर्व्य हुन आएको बताइन् ।
उनले भनिन्, ‘‘कोरोनाका कारण विभिन्न मुलुकमा ज्यान गुमाउने नेपाली तथा अन्य मित्रराष्ट्रका नागरिकका परिवारजनमा गहिरो समवेदना प्रस्तुत गर्दछु ।” राष्ट्रपतिले सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक रणनीति र नेपालीको धैर्यता र सहयोगले अहिलेसम्म कोरोनाबाट हामी नागरिकको जीवन रक्षा गर्न सफल भएको पनि दाबी गरिन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन