April 15, 2020

अमेरिकी राष्ट्रपति ट्रम्पले रोके विश्व स्वास्थ्य संठनलाई दिएको सहयोग

 

बैशाख ३, वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्पले अन्तत: विश्व स्वास्थ्य संगठन डब्ल्यू एच ओ लाई अमेरिकाले दिदै आएको सम्पूर्ण रकम रोकेका छन् ।

विश्व स्वास्थ्य संगठनसंग असन्तुष्टि पोख्दै आएका राष्ट्रपति ट्रम्पले कोरोना फैलिसङै केही दिनअघि अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनी दिलका थिए ।

यो चेतावनीपछि पनि विश्व स्वास्थ्य संगठनका प्रमुखले अमेरिकामा कोरोना महामारी फैलनुमा प्रत्यक्ष अप्रत्यक्षरुपमा ट्रम्प प्रशासनले चालेका कदम अपर्याप्त रहेको भन्दै आलोचना गरेपछि ट्रम्पले अन्तत सम्पूर्ण रकम बन्द गर्ने आदेश दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको शुरुवात चीनमा हुंदादेखि नै चीन आवतजावतमा यात्रा प्रतिबन्द लगाएकोले सो रोग धेरै फैलन नपाई करोडौंको जीवन जोगाएको दावी गर्दै आएका छन् ।

उनले विश्व स्वास्थ्य संगठनले सो यात्रा प्रतिबन्धको विरोध गरेको प्रसंग निकाल्दै सो संगठनको चर्को आलोचना पनि गरेका छन् ।

मंगलबार अपरान्ह सहयोग रकम बन्द गर्ने आदेश सार्वजानिक गर्दै उनले विश्व संगठनले चीनको पक्षधरता देखाएको र त्यहांबाट फैलिएको महामारीको ढाकछोप गरेको आरोप लगाएका छन् ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनका लागि हरेक बर्ष ४ सयदेखि ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको छ । सहायता रोक्ने आदेश सार्वजानिक गर्दा ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनले जम्मा ४० मिलियन डलरमात्र दिंदै आएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या