April 15, 2020

अमेरिकी राष्ट्रपति ट्रम्पले रोके विश्व स्वास्थ्य संठनलाई दिएको सहयोग

 

बैशाख ३, वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्पले अन्तत: विश्व स्वास्थ्य संगठन डब्ल्यू एच ओ लाई अमेरिकाले दिदै आएको सम्पूर्ण रकम रोकेका छन् ।

विश्व स्वास्थ्य संगठनसंग असन्तुष्टि पोख्दै आएका राष्ट्रपति ट्रम्पले कोरोना फैलिसङै केही दिनअघि अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनी दिलका थिए ।

यो चेतावनीपछि पनि विश्व स्वास्थ्य संगठनका प्रमुखले अमेरिकामा कोरोना महामारी फैलनुमा प्रत्यक्ष अप्रत्यक्षरुपमा ट्रम्प प्रशासनले चालेका कदम अपर्याप्त रहेको भन्दै आलोचना गरेपछि ट्रम्पले अन्तत सम्पूर्ण रकम बन्द गर्ने आदेश दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको शुरुवात चीनमा हुंदादेखि नै चीन आवतजावतमा यात्रा प्रतिबन्द लगाएकोले सो रोग धेरै फैलन नपाई करोडौंको जीवन जोगाएको दावी गर्दै आएका छन् ।

उनले विश्व स्वास्थ्य संगठनले सो यात्रा प्रतिबन्धको विरोध गरेको प्रसंग निकाल्दै सो संगठनको चर्को आलोचना पनि गरेका छन् ।

मंगलबार अपरान्ह सहयोग रकम बन्द गर्ने आदेश सार्वजानिक गर्दै उनले विश्व संगठनले चीनको पक्षधरता देखाएको र त्यहांबाट फैलिएको महामारीको ढाकछोप गरेको आरोप लगाएका छन् ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनका लागि हरेक बर्ष ४ सयदेखि ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको छ । सहायता रोक्ने आदेश सार्वजानिक गर्दा ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनले जम्मा ४० मिलियन डलरमात्र दिंदै आएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक