April 8, 2020

सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमती

सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमती

 काठमाडौँ, चैत २६ । कोरोनाको त्रासमा कालोबजारी गर्ने शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले अग्रवाललाई ७ दिन हिरासतमा राखेर अनु्सन्धान गर्न अनुमती दिएको हो ।

महानगरिय अपराध महाशाखाको टोलीले अग्रवाललाई मंगलबार राजधानीको नक्सालबाट पक्राउ गरेको थियो । उनले कुटनीतिक नियोगको गाडी प्रयोग गरेर थर्मल गनको कालोबजारी गरेको अरोप छ । मंगलबार उनको गाडीबाट ६७ थान थर्मल गन बरामद गरेको थियो ।

महानगरिय अपराध महाशाखाका अनुसार अग्रवालले ३५ सय पर्ने थर्मल गनलाई २५ हजारमा बिक्री गरेको जनाएको छ । पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

सत्ता छोड्दैगर्दा एमाले-कांग्रेस लक्षित आक्रोशयूक्त प्रचण्ड भाषणको पुर्णपाठ

असार २८, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले सत्ता छोड्दैगर्दा संसदको वैठकमा एमाले कांग्रेस लक्षित आक्रोशयूक्त