April 6, 2020

एक हप्ता लकडाउन थप गर्ने सरकारको निर्णय

 

काठमाडौं। सरकारले लकडाउनलाई थप एक हप्ता लम्ब्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैखाश ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न भन्दै सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो। मंगलबार (भोलि) लकडाउनको अवधि सकिने भएपछि सोमबार मन्त्रिपरिषद बैठक बसेर लकडाउनको अवधि एक हप्ता थप गर्ने निर्णय गरेको हो।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिएपछि सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ।

दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो।

एकै दिन तीनजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सरकारले लकडाउनलाई कडा ढङ्गले लागू गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन