
मिडभिले ट्रिब्युनका अनुसार अनुन्धानकर्ताहरुले आफ्नो शोधपत्र बेलायतको प्रतिष्ठित मेडिकल जर्नल ल्यान्सेटले प्रकाशित गर्ने इबायोमेडिसिनमा प्रकाशित गरेका छन् । अनुसन्धानकर्ताहरुले अब आफूहरुले युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रिेसनबाट अनुमतिको प्रतिक्षा गरिरहेको जनाएका छन् ताकि मानवमा भ्याक्सिनको परीक्षण गर्न सकियोस् ।
अनुसन्धानकर्ता डा. एन्ड्रिया गाम्बोट्टोका अनुसार अनुसन्धानकर्ताहरुले पहिल्यैदेखि यस्तै किसिमको भाइरसविरुद्ध प्रयोग हुने भ्याक्सिनमा काम गरिरहेकोले यति छिटो भ्याक्सिन विकसित गर्न सफल भएका हुन् । ‘हामीले यसअघि नै २००३ मा सार्स र २०१४ मा मर्स भाइरसको प्रकोप देखिसकेका थियौं’ गाम्बोट्टोले भनिन् ‘यी दुई भाइरसहरु कोभिड १९ सँग मिल्दोजुल्दो थिए । यसबाट हामीले यो भाइरस नियन्त्रण गर्न कसरी लड्नुपर्छ भन्ने पत्ता लगाउन सक्यौं ।’
अनुसन्धानकर्ताहरुले यो भ्याक्सिनलाई ‘पिटकोभ्याक’ नाम दिएका छन् जुन पिटसबर्ग कोरोनाभाइर भ्याक्सिनको संक्षिप्त रुप हो । भ्याक्सिन निर्माणमा प्रयोगशालामा बनाइएको भाइरल प्रोटिनको प्रयोग हुन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । उसको प्रक्रिया फ्लुविरुद्ध वार्षिक रुपमा दिइने भ्याक्सिनको जस्तै छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली