April 3, 2020

कोरोना विरुद्दको औषधी पत्ता लाग्यो, बैज्ञानिकले गरे मुसामा सफल परिक्षण!

प्रकाशित : २०७६ चैत २१ गते काठमाडौं। युनिभर्सिटी अफ पिटसबर्गको स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको जनावरमा गरिएको प्रारम्भिक परीक्षणमा सफता प्राप्त गरेको बताएका छन् । मुसामा गरीएको परीक्षणमा भ्याक्सिनले शरीरमा कोभिड–१९ विरुद्ध लड्ने विशेष एन्टिबडी उत्पादन गरेको पाइएको हो । अनुसन्धानकर्ताहरुका अनुसार मुसाले भाइरसलाई मार्न पर्याप्त एन्टिबडी उत्पादन गरेको जानकारी दिएका छन् ।

मिडभिले ट्रिब्युनका अनुसार अनुन्धानकर्ताहरुले आफ्नो शोधपत्र बेलायतको प्रतिष्ठित मेडिकल जर्नल ल्यान्सेटले प्रकाशित गर्ने इबायोमेडिसिनमा प्रकाशित गरेका छन् । अनुसन्धानकर्ताहरुले अब आफूहरुले युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रिेसनबाट अनुमतिको प्रतिक्षा गरिरहेको जनाएका छन् ताकि मानवमा भ्याक्सिनको परीक्षण गर्न सकियोस् ।

अनुसन्धानकर्ता डा. एन्ड्रिया गाम्बोट्टोका अनुसार अनुसन्धानकर्ताहरुले पहिल्यैदेखि यस्तै किसिमको भाइरसविरुद्ध प्रयोग हुने भ्याक्सिनमा काम गरिरहेकोले यति छिटो भ्याक्सिन विकसित गर्न सफल भएका हुन् । ‘हामीले यसअघि नै २००३ मा सार्स र २०१४ मा मर्स भाइरसको प्रकोप देखिसकेका थियौं’ गाम्बोट्टोले भनिन् ‘यी दुई भाइरसहरु कोभिड १९ सँग मिल्दोजुल्दो थिए । यसबाट हामीले यो भाइरस नियन्त्रण गर्न कसरी लड्नुपर्छ भन्ने पत्ता लगाउन सक्यौं ।’

अनुसन्धानकर्ताहरुले यो भ्याक्सिनलाई ‘पिटकोभ्याक’ नाम दिएका छन् जुन पिटसबर्ग कोरोनाभाइर भ्याक्सिनको संक्षिप्त रुप हो । भ्याक्सिन निर्माणमा प्रयोगशालामा बनाइएको भाइरल प्रोटिनको प्रयोग हुन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । उसको प्रक्रिया फ्लुविरुद्ध वार्षिक रुपमा दिइने भ्याक्सिनको जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष