वैज्ञानिकलाई ठूलो उपलब्धीः कोरोनाविरुद्धको खोप मुसामा सफलतापूर्वक परीक्षण

एजेन्सी, १ चैत । बेलायतका वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको खोप विकास अन्तिम चरणमा पुगेको बताएका छन् ।

लण्डनका वैज्ञानिकले नयाँ भाइरसविरुद्धको खोप विकास कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । वैज्ञानिकका अनुसार कोभिड-१९ विरुद्धको खोप मुसामा सफलतापूर्वक परीक्षण भइसकेको छ ।

यही जुनसम्ममा मानवमा पनि कोरोनविरुद्धको खोप परीक्षण गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ ।

लण्डनस्थित इम्पेरियल कलेजका चिकित्सक रबिन श्याटकको नेतृत्वमा रहेको वैज्ञानिकको एक टोलीले कोभिड-१९ को खोप तयार गरेको हो ।

श्याटकको नेतृत्वमा रहेको टोलीले मुसामा नयाँ खोप परीक्षण गरिसकेको छ । उक्त परीक्षण सफल भएको र जुनसम्ममा मानवमा परीक्षण गरिने मेट्रो समाचारले जनाएको छ ।

हाल पेरिसका वैज्ञानिकसँग मिलेर बाँदरमा खोप परीक्षण गरिने कार्य भइरहेको र त्यसपछि खोपको प्रभावकारिताबारे थप प्रस्ट हुने समाचारमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको खोप विकासमा संलग्न वैज्ञानिकहरूले थप बजेटको पनि माग गरेका छन् । उनीहरूका अनुसार अनुसन्धान र परीक्षणका लागि पर्याप्त बजेट उपलब्ध भएमा अर्को वर्षदेखि खोप बजारमा आउने छ ।

‘सुरुमा मुसालाई खोप दिएको थिएँ र मुसामा खोपले निकै राम्रोसँग काम गरेको थियो । त्यसपछि खोप प्रभावकारी भएको निष्कर्ष निकालेको हुँ’, डेली एक्सप्रेससँग कुरा गर्दै वरिष्ठ अनुसन्धानकर्ता डा. पल म्याकेले भने ।

मेडिकल रिसर्च काउन्सिलसँग मानिसमा खोप परीक्षण गर्नका लागि पैसा मागेको पनि म्याकेले बताए । ‘मानिसमा परीक्षण गर्नका लागि पैसा उपलब्ध भयो भने हामीले जुनसम्म मानिसमा खोप परीक्षण गर्न सक्छौं’, उनले भने, ‘बेलायती वैज्ञानिकले खोप विकास गरेको अवस्थामा सरकारले सहयोग गर्दा निकै राम्रो हुन्छ ।’

यदि मानिसमा पनि खोप परीक्षण सफलतापूर्वक हुन सक्यो भने अर्को वर्षसम्ममा खोप सर्वत्र उपलब्ध हुने वैज्ञानिकहरुले प्रस्ट पारेका छन् ।

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला वैज्ञानिकले गरेको सफल परीक्षणबाट केही आशा पलाएको छ । चीन, जापान र अमेरिकाका वैज्ञानिक पनि खोप विकासमा सक्रिय भएर लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा