March 11, 2020

नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह

sharethis sharing button

उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव गराएर पुराना सिलिन्डर नसाट्ने र नयाँ सिलिन्डरमात्र बिक्री गर्ने गरेको गुनासो आएपछि नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह गरिएको हो ।

कोरोना भाइरसको त्रासले गर्दा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास भर्न थालेपछि बजारमा सामान्य अभाव देखिएको छ । व्यवसायीले पुराना सिलिन्डर नसाट्ने र नयाँ  सिलिन्डर बिक्री गर्न थालेपछि आपुर्ति सचिव अर्यालले उद्योगी व्यवसायीलाई नयाँ सिलिन्डर बिक्री नगर्न निर्देशन दिएका हुन् ।

एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्री वितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘चुनाव हुन नदिनु भन्ने अधिकार जेन–जीलाई छैन’ : मेयर महर्जन

२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध

पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा