
माघ १९, काठमाडौं। पछिल्लो पटक मन्त्रिमण्डल पुनर्गठन भएपछि पहिलोपटक सरकारले ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ।
उसो त उपसचिवहरु सहसचिवमा बढुवा भएपछि तिनलाई पदस्थापन गर्न बाँकी थियो।
यसैबेला विभिन्न विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिवहरु सरुवा भएका हुन्।
प्राप्त सोतका अनुसार ४२ बढुवाका र मौजुदा १८ गरि ६० जना कर्मचारी यस्तो पदस्थापन र सरुवामा परेका हुन्।
तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापालाई सहयोग नगरेकोमा कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुर्याइएकी रुद्रा शर्मा गृह मन्त्रालय सरुवा भएकी छन्। उनले सिडिओ हुने रहर गरेका कारण त्यहाँ लगिएको स्रोतले बतायो।
अर्कि महिला यमुना प्रधानलाई राष्ट्रिय निर्माण प्राधिकरण पठाइएको छ। यस्तै बिजु बज्राचार्यलाई राष्ट्रिय सूचना आयोगमा पदस्थापन गरिएको छ।
यता राष्ट्रिय सूचना आयोगका सहसचिव कुमारप्रसाद दाहाललाई बैदेशिक रोजगार विभागको महानिर्देशक बनाइएको छ।
विभागमा कार्यरत महानिर्देशक डा भिष्म भुसाललाई अख्तियर दुरुपयोग अनुसन्धान आयोग लगिएको छ। श्रोतका अनुसार श्रम मन्त्री रामेश्वर राय यादवले भुसाललाई हटाउन चाहेका थिएनन्। तर भुसाल स्वयंले अख्तियर जान चाहेकोले र तत्कालीन यातायात ब्यबस्था बिभागका महानिर्देशक दाहाललाई त्यहाँ ल्याइएको हो। उनलाई पूर्बमन्त्री रघुबिर महासेठले काम गर्न नदिइ आयोगमा थन्क्याएका थिए।
आपूर्तिको महानिर्देशक हुँदा नै परिवर्तनकारी कदम चालेका उनी पाँच महिनादेखि आयोगमा थन्किएका थिए।
यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका महानिर्देशक दीपक काफ्ले भूमि ब्यबस्था मन्त्रालयमा पुगेका छन्। मन्त्री पद्मा अर्यालको रोजाइमा उनलाई सरुवा गरिएको श्रोतको दावी छ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकद्वारा उल्लेखित रास्ट्र सेवक कर्मचारीबारे निर्णय भएको हो।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष