December 29, 2019

तीन नम्बर प्रदेशको नाम बागमती राख्न नेकपाको प्रस्ताव

nekapa.2019-01-29

पुष १३,काठमाडौं। सत्तारुढ दल नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती राख्न प्रस्ताव गरेको छ। पार्टी सचिवालयको आइतबारको बैठकले प्रदेश नम्बर ३ को नाम बागमती राख्ने प्रस्ताव पारित गरेको पूर्व प्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।उनले डिसी नेपालसँग भने, ‘आज अरु विषयमा कुरा भएन, प्रदेशको नाम बागमती राख्ने प्रस्ताव थियो, पारित भयो। राजधानी भने तत्कालका लागि हेटौंडालाई नै लिएर जाने निर्णय भयो।’तीन नम्बर प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेशको नामाकरण गर्न नसकेपछि नेकपा सचिवालय बैठकले नै तीन नम्बर प्रदेशको नाम बागमती राख्न सिफारिस गरिएको हो।तीन नम्बर प्रदेशका नेकपाको दुई तिहाई बहुमत छ। प्रदेशको नाम र राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने प्रावधान छ।
आजको बैठकमा मुख्य रुपमा सभामुखको उम्मेद्वार र एमसीसीबारे निर्णय गर्ने एजेण्डा थियो। तर ती एजेण्डामा प्रवेशनै नगरी तीन नम्ब प्रदेशको नाम बागमती राख्न सिफारिस गर्ने निर्णय भएको खनालले जानकारी दिए।नेकपाले सभामुखको उम्मेद्वार चयन गर्न नसक्दा प्रतिनिसभा बैठक प्रभावित हुँदै आएको छ। ११ गतेका लागि बोलाइएको बैठक सभामुखको उम्मेद्वार टुंगो नलाग्दा १६ गतेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहन्छन्। तर अर्का अध्यक्ष प्रचण्डमाथि पूर्व माओवादी केन्द्रबाट सभामुख बनाउनु पर्ने दवाब छ।यसैगरी अमेरिकी सरकारले प्रदान गर्ने भनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने नगर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। नेकपा स्थायी कमिटीको बैठकले एमसीसी स्वीकार गर्ने नगर्ने विषयमा निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिएको थियो। नेकपाभित्र एमसीसीलाई स्वीकार गर्ने र नगर्ने विषयमा मतभेद छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन