
मंसिर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।
भट्टराईको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिने र अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भइरहेको सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
आइतबार राति ओम अस्पताल ल्याउँदा ल्याउँदै अध्यक्ष भट्टराईको निधन भएको थियो । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पतालतर्फ लगिँदै थियो, बाटैमा उनको निधन भएको हो ।
स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्तावलाई अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ । तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र