December 8, 2019

गीतालाई आध्यात्मिक दृष्टिकोणले मात्रै हेरियो भने अन्याय हुन्छ

मंसिर २२, काठमाडौं । श्रीमद्भागवत गीता समग्र मानव सभ्यताको मूल आधार रहेको बताउँदै मानव जीवनमा गीताको सारतत्व प्रयोग गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् । 

आज पशुपति क्षेत्रमा श्रीगीता जयन्ती महोत्सव कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भागवत गीतालाई आध्यात्मिक दृष्टिकोणले मात्रै हेर्न नहुने समेत बताउँदै भने–‘गीतालाई आध्यात्मिक दृष्टिकोणले मात्रै हेरियो भने अन्याय पर्न जान्छ । गीतालाई बहुआयामिक दृष्टिकोणबाट हेरिनुपर्छ र बृहद् क्षेत्रबाट हेरिनुपर्छ ।’  

मन्त्री भट्टराईले पर्यटन भ्रमण वर्ष मनाईरहँदा सास्कृतिक पर्यटनबाट भिजन २०२० को लक्ष्य कसरी हासिल गर्न सकिन्छ सरकारले काम गरिरहेको बताउँदै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए । उनले पशुपति क्षेत्रको बृहत्तर विकासका लागि सरकार लागि परेको समेत बताउँदै धार्मिक क्षेत्रलाई ब्यापारको थलो बनाउन नहुने समेत जिकिर गरे । 

पशुपति क्षेत्रभित्र भारत सरकारले निर्माण गरिदिएको आधुनिक धर्मशालालाई ३ तारे होटलको रुपमा प्रयोग गरिन थालेको सन्दर्भमा प्रदेश ३ का सांसद नरोत्तम बैद्यले बोलेको कुरालाई लक्षित गर्दै पशुपति क्षेत्र पुरातात्विक क्षेत्र समेत रहेकोले गलत नियतले काम गर्न नहुने बताए । ‘सरकार पशुपतिनाथको पवित्रतालाई जोगाउन र अगाडी बढाउन प्रतिबद्ध छ, पशुपतिनाथ पुरातात्विक क्षेत्र भएकोले कसैलेपनि गलत नियतले काम गर्नुहुन्न । राजनीति गरिनु हुन्न ।’ पशुपति विकास कोषका कार्यकारी अध्यक्ष समेत रहेका मन्त्री भट्टराईले बताए ।  

उनले २०७२ सालको भूकम्पबाट क्षती भएका पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण आगामी दुई वर्ष भित्र पुरा गर्ने सरकारको लक्ष्य रहेको पनि बताए । यसका लागि विदेशी दातृ राष्ट्रहरु विषेशगरी भारत सरकारसँगको सहकार्यमा काम भइरहेको मन्त्री भट्टराईले बताए ।  

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मंजिब सिंह पूरीले गीता धर्ममात्र नभएर मानव जीवनमै अर्थ राख्ने बताउँदै सबैले गीताको उपदेशलाई ब्यवहारका लागू गर्नुपर्ने बताए । उनले नेपाल–भारतको सम्बन्ध कहिल्लै नटुट्ने विस्वास दिलाउँदै पशुपति क्षेत्रको बृहत्तर विकास र बागमती सरसफाई र सिचाईका लागि भारत सरकारले यस अघि गरेको प्रतिबद्धता पुरा गर्ने जनाए ।  

पशुपतिनाथका मूल भट्ट गणेश रावल, ३ नं. प्रदेशका सांसद नरोत्तम बैद्य, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल लगायतले बोलेका थिए ।  

गीता जयन्तिको अवसरमा आयोजित कार्यक्रममा विहान ९ बजे पशुपति स्थित माधवराज सुमार्गी स्मृति भवनमा उपत्यका भित्रका विद्यालयका विद्यार्थीहरुले गीताको ११ औं अध्याय पाठ गरेका थिए । भने ११ बजेदेखि गीता साधक, गुरुकुल र सर्वसाधारणले समेत गीताको १ अध्याय देखि १८ अध्यायसम्म स्वाध्याय गरेका थिए ।  

कार्यक्रममा सहभागी उत्कृष्ठ विद्यालयलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीलाई प्रशंशापत्र वितरण गरिएको थियो । गीता प्रेस गोखरपुरको आयोजनामा भएको कार्यक्रमको सभापतित्व गीता प्रेस गोरखपुरका ट्रष्टी विष्णुप्रसाद चाँदगोठियाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै