
मंसिर २२, काठमाडौं । श्रीमद्भागवत गीता समग्र मानव सभ्यताको मूल आधार रहेको बताउँदै मानव जीवनमा गीताको सारतत्व प्रयोग गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।
आज पशुपति क्षेत्रमा श्रीगीता जयन्ती महोत्सव कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भागवत गीतालाई आध्यात्मिक दृष्टिकोणले मात्रै हेर्न नहुने समेत बताउँदै भने–‘गीतालाई आध्यात्मिक दृष्टिकोणले मात्रै हेरियो भने अन्याय पर्न जान्छ । गीतालाई बहुआयामिक दृष्टिकोणबाट हेरिनुपर्छ र बृहद् क्षेत्रबाट हेरिनुपर्छ ।’

मन्त्री भट्टराईले पर्यटन भ्रमण वर्ष मनाईरहँदा सास्कृतिक पर्यटनबाट भिजन २०२० को लक्ष्य कसरी हासिल गर्न सकिन्छ सरकारले काम गरिरहेको बताउँदै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए । उनले पशुपति क्षेत्रको बृहत्तर विकासका लागि सरकार लागि परेको समेत बताउँदै धार्मिक क्षेत्रलाई ब्यापारको थलो बनाउन नहुने समेत जिकिर गरे ।
पशुपति क्षेत्रभित्र भारत सरकारले निर्माण गरिदिएको आधुनिक धर्मशालालाई ३ तारे होटलको रुपमा प्रयोग गरिन थालेको सन्दर्भमा प्रदेश ३ का सांसद नरोत्तम बैद्यले बोलेको कुरालाई लक्षित गर्दै पशुपति क्षेत्र पुरातात्विक क्षेत्र समेत रहेकोले गलत नियतले काम गर्न नहुने बताए । ‘सरकार पशुपतिनाथको पवित्रतालाई जोगाउन र अगाडी बढाउन प्रतिबद्ध छ, पशुपतिनाथ पुरातात्विक क्षेत्र भएकोले कसैलेपनि गलत नियतले काम गर्नुहुन्न । राजनीति गरिनु हुन्न ।’ पशुपति विकास कोषका कार्यकारी अध्यक्ष समेत रहेका मन्त्री भट्टराईले बताए ।

उनले २०७२ सालको भूकम्पबाट क्षती भएका पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण आगामी दुई वर्ष भित्र पुरा गर्ने सरकारको लक्ष्य रहेको पनि बताए । यसका लागि विदेशी दातृ राष्ट्रहरु विषेशगरी भारत सरकारसँगको सहकार्यमा काम भइरहेको मन्त्री भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मंजिब सिंह पूरीले गीता धर्ममात्र नभएर मानव जीवनमै अर्थ राख्ने बताउँदै सबैले गीताको उपदेशलाई ब्यवहारका लागू गर्नुपर्ने बताए । उनले नेपाल–भारतको सम्बन्ध कहिल्लै नटुट्ने विस्वास दिलाउँदै पशुपति क्षेत्रको बृहत्तर विकास र बागमती सरसफाई र सिचाईका लागि भारत सरकारले यस अघि गरेको प्रतिबद्धता पुरा गर्ने जनाए ।
पशुपतिनाथका मूल भट्ट गणेश रावल, ३ नं. प्रदेशका सांसद नरोत्तम बैद्य, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल लगायतले बोलेका थिए ।
गीता जयन्तिको अवसरमा आयोजित कार्यक्रममा विहान ९ बजे पशुपति स्थित माधवराज सुमार्गी स्मृति भवनमा उपत्यका भित्रका विद्यालयका विद्यार्थीहरुले गीताको ११ औं अध्याय पाठ गरेका थिए । भने ११ बजेदेखि गीता साधक, गुरुकुल र सर्वसाधारणले समेत गीताको १ अध्याय देखि १८ अध्यायसम्म स्वाध्याय गरेका थिए ।
कार्यक्रममा सहभागी उत्कृष्ठ विद्यालयलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीलाई प्रशंशापत्र वितरण गरिएको थियो । गीता प्रेस गोखरपुरको आयोजनामा भएको कार्यक्रमको सभापतित्व गीता प्रेस गोरखपुरका ट्रष्टी विष्णुप्रसाद चाँदगोठियाले गरेका थिए ।

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट