मंसिर १८, काठमाडौँ : दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ६० पदक जित्दै आफ्नो अग्रता कायमै राखेको छ । बुधबार अपरान्ह साँढे ३ बजेसम्मको नतिजामा नेपालले २७ स्वर्ण, १४ रजत र १९ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको छ ।

त्यसैगरी भारत ५१ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा छ । भारतले २२ स्वर्ण, १९ रजत र १० कांस्य जितेको छ ।
त्यस्तै ३४ पदक जितेर पाकिस्तान पदक तालिकाको तेश्रो स्थानमा छ । उसले ८ स्वर्ण, १३ रजत र १३ कांस्य जितेको छ भने, ५५ पदकसहित श्रीलंका पदक तालिकाको चौथो स्थानमा छ । श्रीलंकाले ६ स्वर्ण, १७ रजत र ३२ कांस्य जितेको छ ।
पाँचौ स्थानमा भने रहेको बंगलादेश रहेको छ । उसले अहिलेसम्म ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जितेर पदक तालिकाको पाँचौं स्थानमा रहेको हो । त्यस्तै माल्दिभ्स १ स्वर्ण र २ कास्य जितेर छैटौँ स्थानमा छ भने, भुटा पदक तालिका अन्तमा छ । भुटानले मात्र ३ कांस्य जितेको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र