
२०७६ १७, मंसिर काठमाडौं। नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को दोस्रो दिन १५ स्वर्ण पदक जितेको छ। नेपाल सोमबार १५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ। नेपालले २ काश्य र ४ रजतसहित कुल २१ पदक जितेको छ।
दोस्रो स्थानमा भारत छ। भारतले २ स्वर्ण, ६ काश्य र ३ रतसहित ११ पदक जितेको छ। भारत पदक तालिकाको दोस्रो स्थानमा छ।
यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले २ स्वर्ण, ४ काश्य र ९ रजतसहित १३ पदक जितेको छ। यस्तै चौथो स्थानको पाकिस्तानले एक स्वर्ण, ३ काश्य र ३ रतसहित ७ पदक जित्दा पाँचौं स्थानको बांगलादेशले १ स्वर्ण र १० रजतसहित ११ पदक जिनतेको छ। उता छैटौं स्थानको भुटानले एक मात्र रजत पदक जितेको छ। उता माल्दिभ्सले भने पदकको खाता खोल्न सकेको छैन।
कराते र तेक्वान्दोमा मात्रै १४ स्वर्ण पदक जितेको नेपालले ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको छ।
पछिल्लो पटक तेक्वान्दोमा नेपालका स्वस्तिमा तामाङ, निशा दर्नाल र सञ्जिला तिमल्सिनाले स्वर्ण जितेका हुन्। त्यसअघि करातेमा अनु अधिकारी एवम् कुसुम खड्काले दुई र तेक्वान्दोमा आयशा शाक्य एवम् सन्जीवकुमार ओझाको जोडीले एउटा स्वर्ण पदक जितेको हो।
शाक्य र करातेका मण्डेकाजी श्रेष्ठ दुई–दुई स्वर्ण जितेका छन्। अधिकारीले ५० केजी तौल समूहको फाइनलमा श्रीलङ्काली खेलाडीलाई ८–० ले पराजित गरेकी हुन्।
खड्काले बाङ्ग्लादेशी खेलाडीलाई हराएर ४५ केजी तौल समूहमा जितेकी हुन्। शाक्य र ओझाले भने २९ वर्षभन्दा माथिको जोडीको विधामा स्वर्ण जितेका हुन्।
करातेका विप्लवलाल प्रधान र लक्ष्मण तामाङ अनि तेक्वान्दोकी शाक्य र पार्वती गुरुङले यसअघि सोमवार अपरान्ह स्वर्ण जितेका हुन्।
प्रधानले पाकिस्तानी खेलाडीलाई ८४ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका हुन्।
शाक्य र गुरुङले एकल पुम्सेमा र तामाङले बाङ्ग्लादेशका खेलाडीलाई हराएर ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।
तेक्वान्दोको एकल पुम्सेमा नेपालले सात स्वर्ण जितेको हो। महिला एकलमा आयशा शाक्यले २९ वर्षभन्दा माथिको विधामा, पार्वती गुरुङले २३ देखि २९ वर्षसम्मको विधामा र सीना मादेनले २३ वर्षमुनिको विधामा स्वर्ण जितेका छन्।
स्वस्तिमा तामाङ, निशा दर्नाल र सञ्जिला तिमल्सिनाको समूहले पनि स्वर्ण जितेको हो।
त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन्।
श्रेष्ठले स्वर्ण जितेपछि नेपालले करातेबाट पहिलो स्वर्ण पदक प्राप्त गरेको थियो। पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरेका हुन्। उनले महसुस तामाङ र प्रविन महर्जन सम्मिलित टिमबाट पनि स्वर्ण जिते।
करातेमा महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की रहेका छन्।
महिलातर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन्। उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारिन्। पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा गुरुङले भारतका दुई खेलाडीलाई पछाडि पारेकी थिइन्।
ट्रायथलनमा पौडी, साइकल दौड र दौड समावेश हुन्छ। पुरुष ट्रायथलनमा नेपालका बसन्त थारुले कास्य पदक जिते। भारतीय खेलाडी आदर्श सिनीवालले यसमा स्वर्ण जितेका छन्।
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा
माघ १९,काठमाडौँ । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा