November 20, 2019

नेकपाको सचिवालय बैठक सुरुः उपस्थित भएनन् खनाल र पोखरेल

Image result for नेकपाको सचिवालय बैठक

मंसिर ४, काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक  सुरु भएको छ ।  

बुधबार दिउँसो बालुवाटारमा गरिएको यस बैठकपछी मन्त्रिपरिषद हेरफेरका सम्बन्धमा अन्तिम निर्णय हुने बताईएको छ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।  

आज बिहान बस्ने भनिएको यस बैठक नेकपाका दुई अध्यक्ष  प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुरा नमिल्दा दिउँसो बिहानबाट दिउँसो सार्नु परेको थियो ।

आजको बैठकमा ओली र दाहालबीच नयाँ चुनिने र हटाइने मन्त्रीको नामबारे टुंगो लागिसकेको बताइएको छ ।

यस बैठक बस्नु अघी आज बिहान प्रधानमन्त्रि ओली र प्रचण्ड परामर्शको लागि राष्ट्रपतिलाई भेट्न शितल निवास समेत पुगेका थिए ।

बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले उपस्थिती जनाएपछी बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल भने उपत्यका बाहिर भएका कारण बैठकमा उपस्थित हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए