November 19, 2019

“भोली मन्त्रिपरिषद् पुर्नगठन हुन्छहोला, बिदा हुनुहुनेलाई धन्यवाद र भोलि सार्बजनिक कार्यक्रममा नजानुहोला”: प्रधानमन्त्री

 

मंसिर ३,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । आज मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर प्रधामन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।  

‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला, कसैले पनि अन्यथा नलिनुहोला ।’ प्रधानमन्त्रीले भने ।

ओलीले सरकारको काम कारवाही चुस्त दुरुस्त नभएको गुनासा आइरहेकोले नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको बताउँदै बाहिरिने मन्त्रीहरुलाई धन्यवाद समेत दिए ।

ओलीले मन्त्री मण्डललाई भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको मन्त्रिपरिषद्का एक मन्त्रीले बताए ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएपनि प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन ढिला भएको थियो ।

अझैपनि ओली र दाहालविच वार्ता हुँदैछ । बुधबार विहान नेकपा सचिवालय बैठक समेत बोलाइएको छ । दुई अध्यक्षबीच सहमति जुटेमा भोली दिउँसो २ बजे अगाडि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बालुवाटार स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए