प्रतिपक्षी कांग्रेसले सार्वजनिक गर्‍याे ‘सरकारका २१ असफलता’

मंसिर ३, काठमाडौँ : मंगलबार नेपाली काँग्रेसले  चर्को आलोचना गर्दै सरकारका असफलताका २१ बुँदे सूची सार्वजनिक  गरेको छ।

023b42491e2fe277f7966ba243a87525_w1000_h500_cp
केपी ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पुग्दा पनि  सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमा सूची सार्वजनिक गरि आलोचना गरेका हुन् ।

उपनिर्वाचन आउन करिब दुई हप्ता मात्र बाँकी रहँदा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी एक युवासमूह मार्फत् एक पुस्तिका सार्वजनिक गरी सरकार असफलताका बुँदागत रुपमा आलोचना गरेका हुन् ।  

उक्त सार्वजनिक गरिएको बुँदाहरुको संक्षेप पेश गर्दै शर्माले सरकार भारतसँगको सीमा विवादलाई उच्चस्तरीय कुटनीतिक वार्तामार्फत् जुन कुशलताका साथ समाधान गर्नुपथ्र्यो त्यसो गर्न नसकेको, वाइडवडी खरिद प्रक्रिया लगायतका विभिन्न भ्रष्टाचार कान्डमा मुछिएको, बुढिगन्डकीजस्ता ठूला परियोजनालाई अल्पत्र पारेको, अन्तिम चरणमा रहेको मेलम्ची परियोजनालाई थप अन्यौलपूर्ण बनाएको, गोविन्द केसीले उठाएका गम्भिर मुद्दालाई सम्बोधन नगरेको जस्ता कुराहरुको सरकारलाई आरोप लगाएका छन् ।

त्यसैगरी निजगढ विमानस्थल अन्योलमा रहेको, चिकित्सा शास्त्रका विद्यार्थी टगी गर्नेलाई कारबाही गर्न नसकेको, प्रेसमाथि नियन्त्रण गरेको, धर्मका विषयमा विवादास्पद काम गरेको, सरकारको अभिव्यक्ति नै असहिष्णु रहेको शर्माले दावी गरे ।

शर्माले नेपाली कांग्रेसलाई अब युवामय बनाउने उदेश्यका साथ युवाहरु मार्फत् निर्वाचनसम्बन्धी पुस्तिका सार्वजनिक गरेकाे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए