प्रधानमन्त्री ओलीद्वारा आफ्नै सचिवालयबाट असक्षमहरु हटाउन थलियो

kp_oli_QPXILRTlTV

कार्तिक २३, अप्रत्याशित प्रदेश प्रमुखहरुको परिवर्तन गरेका प्रधानमन्त्री ओलिले अप्रत्याशित रूपमा नै मन्त्रीहरू पनि परिवर्तन गर्ने तयारी गरेका छन भने आफ्नै सचिवालय पनि उथलपुथल गर्न लागि परेका छन । काम गर्ने शैली चुस्त नभएपछि आफ्नै सचिवालयबाट सुधार शुरु गर्ने निति प्र. म. ले लिएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजीनामा दिन निर्देशन दिनु भएको हो । आफ्ना कार्यकर्ता मात्र होइन, निजामती कर्मचारी तर्फका पनि सचिवालयका सबैलाई सचिवालय खाली गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले भएका कसैलाई आवश्यक भएपछि बोलाउँछु, अहिले सबैले राजीनामा दिनु भन्नु भएको छ ।’

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्रीको काम गर्ने स्प्रिडलाई पछ्याउन नसकेको आरोप लाग्दै आएको थियो । प्रमुख सल्लाहकार विष्णु रिमालको ठाउँमा महेन्द्र पाण्डेलाई जिम्मेवारी दिने वा अरु कोही हुनसक्छ भनेर आवश्यक पात्रको खोजी भइरहेको छ । पत्रकार कुन्दन अर्याल र रामशरण बजगाईंले राजीनामा बुझाइसकेको स्रोतको दाबी छ । अहिले भएका सचिवालयका राजेश वज्राचार्य र चेतन अधिकारीले निरन्तरता पाउने र बाँकी सबै परिवर्तन हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

रास्वपा र बालेनबीच ७ बुँदे सहमति, ‘वृहद एकता’मार्फत सहकार्य अघि बढाउने प्रतिबद्धता

काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी

एआई नियमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार