काठमाडौं, 21 कार्तिक । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा.लीका अध्यक्ष तथा तथा सिम्रिक एयरका मालिक रामेश्वर थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको छ ।
नक्कली भौचर दिएर ५ करोड २५ लाख रुपैयाँ ठगिएको भन्दै पीडित शिव प्रसाद वास्तोलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता भएको हो ।

पीडित वास्तोलाले जाहेरीमा उल्लेख गरे अनुसार अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीका अध्यक्ष रामेश्वर थापासँग कुराकानी भएपछि एपीवान टेलिभिजनको सव स्टेशनका लागि जग्गा खरिद गर्ने सम्झौता भएको थियो ।
पीडित वास्तोलासँग थापाले एपिवान टेलिभिजनको सव स्टेशन निर्माणका लागि कास्की जिल्ला साविक शिशुवा गाविस वडा नम्बर ५ हाल पोखरा महानगरपालिका वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर शिव प्रसाद बास्तोलाको नाममा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु रु ११ करोडमा किनेका थिए । तर, रु ११ करोड मध्ये बाँकी रहेको ५ करोड २५ लाख रुपैयाँको भने देवः विकास बैंकको नक्कली भौचर दिएपछि पीडित वास्तोला विभिन्न निकाय उजुरी गर्न पुगेको थिए ।

जाहेरीमा वास्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडियाका अध्यक्ष रामेश्वर थापा, सञ्चालक प्रश्नरत्न बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत सिइओ लक्ष्मी प्रसाद पौडेल, कर्मचारी निरज श्रेष्ठ र देव विकास बैंकलाई प्रतिवादी बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा थापा सहितका प्रतिवादी विरुद्ध गत असोज १३ गते नै जाहेरी दर्ता भएको छ ।

प्रहरीमा ठगीको जाहेरी दर्ता भएपछि थापाले मुद्दा मिलाउनका लागि विभिन्न शक्तिकेन्द्र मार्फत दबाव दिइरहेका छन् । केही दिनअघि लेन दिन मिलाउनका लागि प्रमुख कार्यकारी अधिकृत लक्ष्मि प्रसाद पौडेललाई पोखरा पठाएका थिए । तर, साँढे ४ करोड मात्रै दिन सक्छु भनेपछि पीडित वास्तोलाले असहमति जनाएका थिए ।

उनले आफूले पाउनु पर्ने रकम एकमुष्ठ रुपमा पाउनुपर्ने माग राखेपछि उनीहरुबीचको वार्ता भाँडीएको थियो ।

ठगीको मुद्दा अनुसन्धान रोक्न कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीलाई प्रहरीकै उच्च अधिकारी मार्फत दबाव दिइरहेको बताइएको छ ।
Coppied from diyo post. Com
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति