भारतले बंगलादेशसँग हुने तीन टि ट्वान्टी सिरिजको लागि कप्तान विराट कोहलीलाई विश्राम दिँदै ओपनर रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । बिहीबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले घोषणा टोलीमा विकेटकिपर सन्जु स्यामसनले ४ वर्षपछि पुनारागमन गरेका छन् । उनलाई ऋषभ पन्तको विकल्पको रुपमा हेरिने गरिन्छ ।
सन्जुले सन् २०१५ मा जिम्बावेविरुद्ध डेब्यू गरेपनि त्यस यता भारतीय टोलीमा स्थान बनाउन नसके पनि आइपिएलमा भने जम्दै आएका थिए ।
नयाँ टोलीमा हिटर तथा अलराउन्डर शिवम् दुबे पनि पहिलो पटक भारतीय टि ट्वान्टी टोलीमा अट्दा स्टार अलराउन्डर हार्दिक पान्ड्या टोलीमा अटेका छैनन् ।
भारत र बंगलादेशबीच पहिलो टि ट्वान्टी खेल कात्तिक १७ गतेमा दिल्लीमा, दोस्रो टि ट्वान्टी खेल कात्तिक २१ गते नागपुरमा र तेस्रो तथा अन्तिम टि ट्वान्टी खेल कात्तिक २४ गते नागपुरमै हुने छ ।
बीसीसीआईले कात्तिक २८ गते सुरु हुने दुई टेष्टको लागि भने विराट कोहलीको कप्तानीमा नै टोली घोषणा गरेको छ ।
भारतीय टि ट्वान्टी टोली
रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, सन्जु स्यामसन, श्रेयस ऐर, मनिष पाण्डे, ऋषभ पन्त, वाशिन्टन सुन्दर, क्रुनाल पाड्या, युजभेन्द्र चाहल, राहुल चहर, दीपक चहर, खलिल अहमद, शिवम् दुबे, शार्दुल ठाकुर ।
भारतीय टेष्ट टोली
विराट कोहली, रोहित शर्मा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, हनुमा विहारी, रिद्धीमान शाह, रविन्द्र जडेजा, रविचन्द्र आश्विन, कुलदीप यादव, मोहम्मद शामी, उमेश यादव, इशान्त शर्मा, शुवमन गिल, ऋषभ पन्त ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार