October 18, 2019

आजको  राशिफल / २०७६ कार्तिक ०१ गते शुक्रबार

rashifal-friday-new-7

वि.सं. २०७६ कार्तिक ०१ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अक्टोबर १८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : कार्तिक सङ्क्रान्ति, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, डेरा सर्ने, दैलो राख्ने, पुराणश्रवण, दीक्षाग्रहण, कार्तिक कृष्णपक्ष (कौलागा) पञ्चमी तिथि, भोलि बिहान ०५:०५ बजेसम्म, त्यसपछि षष्ठी तिथि, रोहिणी नक्षत्र, दिउँसो ०३:५७ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, भोलि बिहान ०४:०२ बजेसम्म, त्यसपछि मिथुन राशिमा, वरीयान् योग, मध्यरात्रीपछि ०३:०५ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा कौलव करण साँझ ०५:१६ बजेसम्म, त्यसपछि तैतिल करण भोलि बिहान ०५:०५ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : मित्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, नक्षत्रशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०६:०५ बजे,  सूर्यास्त : साँझ ०५:३१ बजे, दिनमान : २८ घडी ३३ पला (११ घण्टा २५ मिनेट,  रात्रीमान : ३१ घडी २७ पला (१२ घण्टा ३५ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : बिहान १०:२२ देखि ११:४८ सम्म, यमघण्ट : दिउँसो ०२:३९ देखि ०४:०५ सम्म, गुलिक काल : बिहान ०७:३१ देखि ०८:५७ सम्म, रोग वारवेला : दिउँसो ०१:१४ देखि ०२:३९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो ११:४८ देखि ०१:१४ सम्म, अमृत वारवेला : बिहान ०८:५७ देखि १०:२२ सम्म,  आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।, भोलिको मुहूर्त : रुद्राभिषेक(रुद्रीपूजा), पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । मुखलाई नियन्त्रण गरेको जाति हुन्छ ।

शुभरङ्ग : घिउ रङ

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने

के नगर्ने : अनावश्यक खानपान

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा/व्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।

शुभरङ्ग : सिन्दूरे रातो

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने

के नगर्ने : हडबड र शीघ्रता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन ।

शुभरङ्ग : सेतो वा बैजनी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ तीर्थादि देवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दान, धर्म, परोपकार

के नगर्ने : रिसराग, उद्वेग र क्रोध

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा/रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : महालक्ष्मी

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ स्वस्थानीपरमेश्वर्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने

के नगर्ने : लोभ र मोह

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

शुभरङ्ग : सेतो वा पहेंलो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : कुलगुरु/शिवजी

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग

के नगर्ने : आडम्बर र ढोंगीपन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चन्द्रमा अनिष्ट भएकाले प्रतिकूल एवं विपरीत परिस्थिति छ, त्यसैले आज बढी रौसिनु हुँदैन । प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । यद्यपि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्फूर्ति र उमङ्ग नै देखा पर्नेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । तपार्इंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । आमरूपमा शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, बाटो काट्दा वा गाडी गुडाउँदा सचेतता अपनाउनु राम्रो हुन्छ । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण

के नगर्ने : असुरक्षित यात्रा

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मित्रवर्गबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : परिवारमा अधिकतम समय दिने

के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन् भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

शुभरङ्ग : हलुका सेतो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भगवान् शङ्कर

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने

के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजको दिन ज्ञान र सिप बाँडेर जस लिने समय हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । वाणिमा सरस्वतीको वास छ । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने

के नगर्ने : बुद्धिको दुरुपयोग

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन् । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ । उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ ।

शुभरङ्ग : रातो वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : भगवती दुर्गा

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने

के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।

शुभरङ्ग : गाढा नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण

के नगर्ने : घमण्ड

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल