कानुनका नजरमा सबै बराबर हुन: प्रधानमन्त्री ओली

असोज २९,काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले काम गरिरहेको भन्दै सरकारको काम आँखा खोलेर हेर्न आग्रह गरेका छन् । चाडबाडका अवसरमा पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उनले सरकारले गरेका काम देख्न आग्रह गरेका हुन् । 

oli_baaaa_1363021661

गायक आनन्द कार्कीको गीत ‘यी हल्लाहरु हुन् तिमीले सुनेका’ गीत उद्धृत गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारले काम गरिरहेको छ। आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ ।” 

निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा, कांग्रेस सांसद अफताब आलम र राजपा सांसद प्रमोद साह पक्राउ परेको तर्फ इंगित गर्दै प्रम ओलीले  कानुनका नजरमा सबै बराबर हुने बताए । “भनसुनमा कत्ति पनि विश्वास गरिँदैन,” उनले थपे । 

सामाजिक सञ्जाल सुन्नै, पढ्नै, हेर्नै नसकिने हुन थालेको टिप्पणी उनले गरे । “त्यो हाम्रो संस्कृति होइन । त्यसले हामीलाई माथि उठाउँदैन,” मिडियाले सबैलाई तिमी भनेर सम्बोधन गरेकोमा असन्तुष्टि जनाउँदै आएका ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए