असोज २९, काठमाडौँ : बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनको भ्रमणको लागि म्यानमार प्रस्थान भएकी छिन् ।

म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा म्यानमारको राजकीय भ्रमणका लागि उनी असोज २९ (आज) देखि कात्तिक ३ गतेसम्मको लागि म्यानमार प्रस्थान भएकी हुन् ।
राष्ट्रपति भण्डारी शितल निवासबाट हेलिकप्टरमा चढेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन् । राष्ट्रपति निकिँदा राष्ट्रपतिका कारणले सडक जाम हुने भएकोले सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेर बिमानस्थल पुगेको बताईएको छ ।
उनलाई बिदाई गर्न विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारी पुगेका थिए । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेको बताईएको छ ।
बुधबार राष्ट्रपतिको प्रतिनिधिमण्डल नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित पुग्ने बताईएको छ । राष्ट्रपति भण्डारीसँग म्यानमार स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछिन् ।
म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन