राष्ट्रपति भण्डारी पाँच दिनको लागि म्यानमार प्रस्थान

असोज २९, काठमाडौँ : बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनको भ्रमणको लागि म्यानमार प्रस्थान भएकी छिन् ।

Bidhya-Devi-Bhandari-President-of-Nepal-2-768x463

म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा म्यानमारको राजकीय भ्रमणका लागि  उनी असोज २९ (आज) देखि कात्तिक ३ गतेसम्मको लागि म्यानमार प्रस्थान भएकी हुन् ।  

राष्ट्रपति भण्डारी शितल निवासबाट हेलिकप्टरमा चढेर  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन् । राष्ट्रपति निकिँदा राष्ट्रपतिका कारणले सडक जाम हुने भएकोले सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेर बिमानस्थल पुगेको बताईएको छ ।

उनलाई बिदाई गर्न विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारी पुगेका थिए ।  राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेको बताईएको छ ।

बुधबार  राष्ट्रपतिको प्रतिनिधिमण्डल नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित पुग्ने बताईएको छ ।  राष्ट्रपति भण्डारीसँग म्यानमार स्टेट काउन्सिलर आङ  सान सु चीले भेट गर्नेछिन् ।

म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ ।  भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र