काठमाडौं, २० असोज । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।
नेपालले टि-२० सिरिजमा नेदरल्याण्डलाई पहिलो पटक हराउँदै इतिहास समेत रचेको छ ।
नेपाली टोलीले नेदरल्याण्डलाई ४ विकेटले हराएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । सन्दीप र करणको बलिङका कारण नेदरल्याण्ड १३३ रनमा समेटिएको थियो ।
नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।
नेदरल्याण्ड लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।
नेपाली टोलीले १३४ रनको लक्ष्य १ बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
जितका लागि १३४ रनको लक्ष्य पाएको नेपालले सुरुमा भने खराब ब्याटिङ गरेको थियो । नेपालका ओपनर पवन सर्राफ १६ बलमा ९ रन तथा आरिफ सेखले ६ बलमा २ रन जोड्दै आउट भएका थिए ।
नेपालका करण केसीले ब्याटिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन जोडेका थिए ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो । क्रिजमा करण केसी र सोमपाल कामी थिए । जसमा करणले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बल डट खेले । तेस्रो बलमा चौका प्रहार गरेका करणले चौथो बलमा पनि चौका प्रहार गरे ।
करणले निरन्तर बाउन्ड्री प्रहार गरेपछि हारिसकेको खेल समेत नेपालले जित्न सफल भएको हो ।
त्यस्तै नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा १ चौका र १ छक्कासहित ३३ रन जोडेर आउट भएका थिए । त्यस्तै विनोद भण्डारीले २२ बलमा २ छक्कासहित २६ रन बनाएर आउट भए ।
नेपालले आइतबार हङकङलाई हराएको थियो । नेपालका लागि यो लगातार दोस्रो जित हो ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार