September 26, 2019

देउवाले कुरा नसुनेको भन्दै द्वन्द्वपीडितको नाराबाजी !

असोज ९,काठमाडौं : कमलादीस्थित प्रज्ञा भवनमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा द्वन्द्वपीडितले नाराबाजी गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मन्तव्य राखेर बाहिरिन लाग्दा उनीहरुले नाराबाजी गरेका हुन् ।

देउवाले कुरा नसुनेको भन्दै द्वन्द्वपीडितले गरे नाराबाजी, प्रचण्ड नआएकोमा असन्तुष्टि

व्यस्तताको कारण देखाएर देउवा कार्यक्रम नसकिँदै बाहिरिन खोजेका थिए । तर, कार्यक्रमका केही सहभागीले ‘हाम्रा कुरा नसुन्ने भए किन कार्यक्रममा आउनुपर्यो ? नेताले जनताका कुरा नसुने कसका लागि राजनीति गर्ने ? हामी कार्यक्रम बहिस्कार गर्छौं भन्दै नाराबाजी गरेका थिए । १० मिनेटको नाराबाजीपछि कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड नआएकोमा पनि द्वन्द्वपीडितले असन्तुष्टि जनाएका थिए । आयोजकले द्वन्द्वपीडितका तर्फबाट भावना विद्रोहीलाई मन्तव्यका लागि बोलाएको भए पनि प्रचण्ड नआएसम्म नबोल्ने भन्दै उनले बोल्न मानिनन् । प्रचण्ड काठमाडौंबाहिर भएकाले कार्यक्रममा आउन ढिला भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र