September 26, 2019

देउवाले कुरा नसुनेको भन्दै द्वन्द्वपीडितको नाराबाजी !

असोज ९,काठमाडौं : कमलादीस्थित प्रज्ञा भवनमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा द्वन्द्वपीडितले नाराबाजी गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मन्तव्य राखेर बाहिरिन लाग्दा उनीहरुले नाराबाजी गरेका हुन् ।

देउवाले कुरा नसुनेको भन्दै द्वन्द्वपीडितले गरे नाराबाजी, प्रचण्ड नआएकोमा असन्तुष्टि

व्यस्तताको कारण देखाएर देउवा कार्यक्रम नसकिँदै बाहिरिन खोजेका थिए । तर, कार्यक्रमका केही सहभागीले ‘हाम्रा कुरा नसुन्ने भए किन कार्यक्रममा आउनुपर्यो ? नेताले जनताका कुरा नसुने कसका लागि राजनीति गर्ने ? हामी कार्यक्रम बहिस्कार गर्छौं भन्दै नाराबाजी गरेका थिए । १० मिनेटको नाराबाजीपछि कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड नआएकोमा पनि द्वन्द्वपीडितले असन्तुष्टि जनाएका थिए । आयोजकले द्वन्द्वपीडितका तर्फबाट भावना विद्रोहीलाई मन्तव्यका लागि बोलाएको भए पनि प्रचण्ड नआएसम्म नबोल्ने भन्दै उनले बोल्न मानिनन् । प्रचण्ड काठमाडौंबाहिर भएकाले कार्यक्रममा आउन ढिला भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन