
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले भीडभाडमा पनि सजिलैसँग थुनुवाको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले थुनुवालाई ज्याकेट लगाएर बयानका लागि सम्बन्धित निकायमा लैजाने गरिएको छ ।
‘प्रमुख जिल्ला अधिकारी (सीडीओ) सा’पको निर्देशन बमोजिम नै थुनुवालाई प्रहरी हिरासतबाट बाहिर लग्दा प्रहरी हिरासतको थुनुवा रहेको स्पष्ट झल्किने गरी ज्याकेट लगाउने गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले भने, ‘विगतमा जिल्ला प्रहरी कार्यालयमै बयानका क्रममा भीडभाडको फाइदा उठाउँदै १ जना थुनुवा फरार भएपछि थुनुवा पहिचानको लागि ज्याकेट लगाउने गरिएको छ ।’
गत साउन २९ गते प्रहरी हिरासतमा रहेका बलात्कार मुद्दाका अभियुक्त राममनि यादव बयानकै क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाबाट फरार भएका थिए । यादवसँग बयान लिने प्रहरी सहायक निरीक्षक रामकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले तत्कालै निलम्बन गरेर छानबिनको प्रक्रिया अगाडि बढाएका थिए । फरार भएका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको कमाण्डमा गएको प्रहरी टोलीले सिरहाको नेपाल–भारत सीमामा पर्ने माडरबाट गत भदौ ४ गते पक्राउ गरेको थियो ।
फरार अभियुक्त पक्राउ भएपनि निलम्बित असई भण्डारीको निलम्बन फुकुवा भएको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी सन्तुप्रसाद जैसवारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । ‘६ महिनाको अवधि हुन्छ, हामीले लगभग छानबिन गरिसकेका छौं,’ डीएसपी जैसवारले भने, ‘छानबिन समितिमा रहेका एक जना प्रहरी निरीक्षक अहिले बिदामा गएकाले उनी आउने बित्तिकै प्रतिवेदनमा हस्ताक्षर गरेपछि एसपी सा’पलाई प्रतिवेदन बुझाउँछौं ।’
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति