September 14, 2019

स्यामसङका २ नयाँ फोन बजारमा, यस्ता छन् विशेषता !

 अग्रणी स्मार्टफोन निर्माता कम्पनी स्यामसङले हालै २ वटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । स्यामसङले ग्यालेक्सी ए-५०  ग्यालेक्सी ए-३० नामक स्मार्टफोन सार्वजनिक गरेको हो ।Image result for samsung launches new a50 and 130 2019

बजारमा आएका दुईवटै स्मार्टफोनमा ट्रिपल क्यामेरा सेटअप गरेर लन्च गरिएको हो । यी दुबै फोन ग्यालेक्सी ए-५० र ग्यालेक्सी ए-५० को नयाँ भर्सन रहेको कम्पनीले जनाएको छ । यी दुबै फोनमा नाइट मोड, सुपर स्टिडी भिडियो र प्रिमियम फिचर सामेल गरिएको छ । नयाँ फोनका मुख्य विशेषता यस्ता छन् :

एन्ड्रोइड ९.० पाइमा चलाउन सकिने

स्यामसङ ग्यालेक्सी ए-५० मा ६. ४ इन्चको फूल एचडिप्लस इन्फिनिटी यु सुपर एमोलेड (२३४०x१०८० पिक्सेल) डिस्प्ले छ । यो फोनमा १० एनएम एक्सिनोस ९६११ चिपसेट छ जसलाई एआई गेम बुस्टरसँग लिन सकिन्छ । यो एन्ड्रोइड ९.० पाइमा आधारित छ ।

त्यस्तै ग्यालेक्सी ए-३० मा ६. ४ इन्चको एचडीप्लस इन्फिनिटी भि सुपर एमोलेड डिस्प्ले राखिएको छ र यो डिस्प्लेको रिजोलुशन १५६०x७२० छ ।

फोनले फास्ट चार्जिङलाई सपोर्ट गर्छ 

ग्यालेक्सी ए-५० र ए-३० मा ४ हजार एमएएच ब्याट्री छ जसले १५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्न सक्छ । यदि ब्याट्री पूरा चार्ज भएमा फोनलाई दिनभर चलाउन सकिने कम्पनीले बताएको छ ।Related image

साथै यी दुबै फोनमा ४ जिबि र्‍याम र ६४ जिबी स्टोरेजसँगै अक्टा कोर एक्सनोस ७९०४ प्रोसेसर राखिएको छ । यसको इन्टरनल मेमोरी कार्डको मद्दतबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।

ग्यालेक्सी ए-५० मा ट्रिपल रियर क्यामेरा राखिएको छ जसमा ४८ पिक्सेलको प्राइमरी क्यामेरा, ५ मेगापिक्सेलका डेप्थ सेंसर र ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स जडान गरिएको छ । साथै ३२ मेगापिक्सलको सेल्फी क्यामरा समेत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा