भाद्र १७, काठमाडौ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका संचारकर्मी रवी लामिछाने सहित युवराज कँडेल उच्च अदालत हेटौँडा पुगेका छन् ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेकाे आरोपमा पक्राउ परेका लमिछाने र कँडेल धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिन पुगेका हुन् ।
साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले मृत्यु हुनु भन्दा अघी आफूले आत्महत्या गर्नुको कारण लामिछाने, कँडेल र रुकु भन्ने अस्मिता कार्की भएको भन्ने भिडियो सार्वजनिक भएपछी रवी लगायत तीनै जना पक्राउ परेका थिए ।
पक्राउ परेका तीनै जना चितवन जिल्ला अदालतकाे थुनछेक बहसपछि लामिछाने पाँच लाख रुपैयाँ, कँडेल तीन लाख रुपैयाँ र कार्की साधरण तारेखमा रिहा भएका थिए ।
अदालतका उक्त आदेश प्रति असन्तुष्टी जनाउँदै लामिछाने सहित कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी उच्च अदालत अदालतमा निवेदन दर्ता गराएका छन् ।
बुधबार उनीहरुको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र