भाद्र १७, काठमाडौ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका संचारकर्मी रवी लामिछाने सहित युवराज कँडेल उच्च अदालत हेटौँडा पुगेका छन् ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेकाे आरोपमा पक्राउ परेका लमिछाने र कँडेल धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिन पुगेका हुन् ।
साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले मृत्यु हुनु भन्दा अघी आफूले आत्महत्या गर्नुको कारण लामिछाने, कँडेल र रुकु भन्ने अस्मिता कार्की भएको भन्ने भिडियो सार्वजनिक भएपछी रवी लगायत तीनै जना पक्राउ परेका थिए ।
पक्राउ परेका तीनै जना चितवन जिल्ला अदालतकाे थुनछेक बहसपछि लामिछाने पाँच लाख रुपैयाँ, कँडेल तीन लाख रुपैयाँ र कार्की साधरण तारेखमा रिहा भएका थिए ।
अदालतका उक्त आदेश प्रति असन्तुष्टी जनाउँदै लामिछाने सहित कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी उच्च अदालत अदालतमा निवेदन दर्ता गराएका छन् ।
बुधबार उनीहरुको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन