August 26, 2019

रविका समर्थक र प्रहरीबीच झडप: समर्थकमाथी अश्रुग्यास प्रहार

भाद्र ९, चितवनमा : चितवनमा रविको समर्थक र प्रहरी बीच झडप भएको छ ।  

 रविका समर्थक र प्रहरीबीच झडप

साउन २० गते पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रविको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका उनका  समर्थक र प्रहरीबीच झडप भएको हो ।  

प्रहरीले रविको समर्थन गर्दै प्रदर्शनमा उत्रेका उनका समर्थकमाथी  अश्रुग्यास समेत प्रहार गरेका छन्  ।

प्रदर्शनको क्रममा बाईपास रोडमा ना ४ ख ४३२५ र ना ६ ख ४२७१ नम्वरको ट्रक र ना १ ज ७०६९ नम्वरको म्याजिक भेन समेत तोडफोड भएको छ ।

गत साउन २० गते  चितवनस्थित  होटल कंगारुमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । पुडासैनीले मृत्युअघि  संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आफ्नो हत्याको दोष लागाउँदै खिचेको भिडियो सार्वजनिक भएपछि  सोही भिडियोको आधारमा रवि सहित तीनै पक्राउ  परेका थिए ।

जनप्रिय पत्रकार लामिछाने पक्राउ परेपछी चितवनमा दैनिकी जसो उनको रिहाईको लागि उनका समर्थकले बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गर्दै आईरहेका छन् । आज चितवनमा प्रहरीलेले चौबीसकोठी देखि मालपोत चोक सम्म पाँच जना भन्दा बढी जम्मा हुन, हिँँड्डुल गर्न रोक लागएको छ भने रबीको रिहाईको माग गर्दै  सुनाकोठीमा प्रदर्शनमा उत्रेका उनका समर्थक माथी अश्रुग्यास समेत प्रहार गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र