August 26, 2019

रविका समर्थक र प्रहरीबीच झडप: समर्थकमाथी अश्रुग्यास प्रहार

भाद्र ९, चितवनमा : चितवनमा रविको समर्थक र प्रहरी बीच झडप भएको छ ।  

 रविका समर्थक र प्रहरीबीच झडप

साउन २० गते पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रविको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका उनका  समर्थक र प्रहरीबीच झडप भएको हो ।  

प्रहरीले रविको समर्थन गर्दै प्रदर्शनमा उत्रेका उनका समर्थकमाथी  अश्रुग्यास समेत प्रहार गरेका छन्  ।

प्रदर्शनको क्रममा बाईपास रोडमा ना ४ ख ४३२५ र ना ६ ख ४२७१ नम्वरको ट्रक र ना १ ज ७०६९ नम्वरको म्याजिक भेन समेत तोडफोड भएको छ ।

गत साउन २० गते  चितवनस्थित  होटल कंगारुमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । पुडासैनीले मृत्युअघि  संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आफ्नो हत्याको दोष लागाउँदै खिचेको भिडियो सार्वजनिक भएपछि  सोही भिडियोको आधारमा रवि सहित तीनै पक्राउ  परेका थिए ।

जनप्रिय पत्रकार लामिछाने पक्राउ परेपछी चितवनमा दैनिकी जसो उनको रिहाईको लागि उनका समर्थकले बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गर्दै आईरहेका छन् । आज चितवनमा प्रहरीलेले चौबीसकोठी देखि मालपोत चोक सम्म पाँच जना भन्दा बढी जम्मा हुन, हिँँड्डुल गर्न रोक लागएको छ भने रबीको रिहाईको माग गर्दै  सुनाकोठीमा प्रदर्शनमा उत्रेका उनका समर्थक माथी अश्रुग्यास समेत प्रहार गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन