August 25, 2019

अदालतमा आज बयान सकिएन, रवि लामिछानेसहित ३ जना हिरासतमै रहने

भदौ ८,काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरूत्साहन गरेको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना आइतवार (आज) पनि हिरासतमै रहने भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सञ्चारकर्मी लामिछाने र युवराज कंडेल तथा नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध आइतवार नै आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।

अदालतमा आइतवार अस्मिताको बयान सकिएको छ । रवि र युवराजको बयान नसकिएकाले तीनै जना आजपनि हिरासतमै रहने भएका छन् ।

अदालतले दुईपटक गरी दिएको १० दिनको समय हिजो शनिवार नै सकिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

पत्रकार पुडासैनीको मोबाइलमा भेटिएको भिडियोमा लामिछाने, कंडेल र कार्कीले आफूलाई मर्न बाध्य बनाएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन