August 25, 2019

रविसहित तीनजनाको थुनछेक बहस जारी, अब के हुन्छ ?

भदौ ८,काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको थुनछेक बहस शुरु भएको छ । सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए । सो रिटमाथि अहिले चितवन जिल्ला अदालतको एक नम्बर इजलासमा थुनछेक बहस जारी छ । 

रविसहित तीनजनाको थुनछेक बहस जारी, अब के हुन्छ ?

अब के हुन सक्छ ? 

सो थुनछेक बहसपछि ३ वटा सम्भावना रहने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन् । पहिलो, सुनुवाईका क्रममा प्रथम दृष्टिमै दोषी देखिने प्रमाण पाएमा उनीहरुलाई थुनामा पठाउन सक्ने । दोस्रो, केही प्रमाण देखिएमा र केही संदिग्ध देखिएमा धरौटी मागेर साधारण तारेखमा छाड्न सक्ने र  तेस्रो, केही नै प्रमाण नपाएमा अदालतले रिहा गर्न पनि सक्ने ।

तीनैजना अभियुक्त बयानका लागि अहिले इजलासमा छन् । अस्मिताको बयान जारी छ । आज सबैको बयान नसकिएमा भोलि पुनः बयान लिइनेछ । बयान सकिएपछि थुनछेक प्रक्रिया सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र