August 25, 2019

अब्राहम चम्किँदा चेल्सीको पहिलो जित

यो सिजनको इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले पहिलो जित दर्ता गरेको छ । नर्विच सिटीलाई घरेलु मैदानमा ३-२ ले पराजित गर्दै चेल्सीले सिजनको पहिलो जित दर्ता गरेको हो ।

चेल्सीको जितका ट्यामी अब्राहमले दुई गोल निर्णायक बन्यो । खेलको तेस्रो मिनेटमै अब्राहमले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान सेजार एज्पिलिक्वेटाको पासलाई गोलमा परिवर्तन गरेका हुन् । तर त्यसको तीन मिनेट नबित्दै टिमु पुक्कीको पासमा टड कान्टवेलले गोल गर्दै पाहुना टोलीविरुद्ध घरेलु टोलीलाई बराबरीको अवस्था दिलाए ।

चेल्सीका युवा मिडफिल्डर मेसन माउन्टले अर्को गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए पनि लगत्तै फरवार्ड पुक्कीले बुएनडीयाको पासमा गोल गर्दै खेल पुन: बराबरीमा फर्काए ।

अब्राहमले दोस्रो हाफमा एक गोल थप्दै चेल्सीको जितको लागि निर्णायक भूमिका खेल्दै टिमका नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डलाई खुसी तुल्याए । यो जितसँगै चेल्सीले चार अंक जोडेको छ भने नर्विच ३ अंकमा खुम्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार