जनहितमा काम नगरे सत्ता उल्टिने संभावना छ : प्रचण्ड

भदौ ६, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीको क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

prachanda111_ZYqo4qpOn9

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको भन्दै असन्तुष्टि पोखेका हुन् ।  

कार्यक्रममा उनले भने, ‘कम्युनिष्टहरु सत्तामा पुगेपछि पार्टीलाई विकृत बनाउनेतिर लागे । राजा महाराजाको जस्तो शैली, लक्षण देखिन थाल्यो । यसले पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै लखेट्ने अवस्था पनि आउन सक्छ ।’

पूर्वी युरोपतिरको प्रसंग कोट्याउँदै प्रचण्डले अघि थपे, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् । हामी कहाँ पनि यसो हेर्दा लक्षण चाहिँ कताकता त्यस्तै देखिएको छ ।’

यस्तै पार्टीभित्रै भएको असन्तुष्टिको आन्तरिक विषय समेत उठान गर्दै उनले पार्टीभित्र अनुशासन नरहेको टिप्पणी गरे । उनले भने, ‘हामी हिजो निकै अनुशासित थियौं तर आजभोलि अनुशासनमा कोही छैनन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको छ ।’

बिहीबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भएको थियो ।  

सचिवालय बैठकमा आफू नभएको बेला बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका ओलीले निर्णयहरु भने सहमतिमा गर्नुस् भनेपछि प्रधानमन्त्री र माधवबिच विवाद उत्पन्न भएको थियो । विवादको भोलिपल्ट प्रचण्डले अनुशासनको विषय उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन