जनहितमा काम नगरे सत्ता उल्टिने संभावना छ : प्रचण्ड

भदौ ६, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीको क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

prachanda111_ZYqo4qpOn9

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको भन्दै असन्तुष्टि पोखेका हुन् ।  

कार्यक्रममा उनले भने, ‘कम्युनिष्टहरु सत्तामा पुगेपछि पार्टीलाई विकृत बनाउनेतिर लागे । राजा महाराजाको जस्तो शैली, लक्षण देखिन थाल्यो । यसले पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै लखेट्ने अवस्था पनि आउन सक्छ ।’

पूर्वी युरोपतिरको प्रसंग कोट्याउँदै प्रचण्डले अघि थपे, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् । हामी कहाँ पनि यसो हेर्दा लक्षण चाहिँ कताकता त्यस्तै देखिएको छ ।’

यस्तै पार्टीभित्रै भएको असन्तुष्टिको आन्तरिक विषय समेत उठान गर्दै उनले पार्टीभित्र अनुशासन नरहेको टिप्पणी गरे । उनले भने, ‘हामी हिजो निकै अनुशासित थियौं तर आजभोलि अनुशासनमा कोही छैनन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको छ ।’

बिहीबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भएको थियो ।  

सचिवालय बैठकमा आफू नभएको बेला बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका ओलीले निर्णयहरु भने सहमतिमा गर्नुस् भनेपछि प्रधानमन्त्री र माधवबिच विवाद उत्पन्न भएको थियो । विवादको भोलिपल्ट प्रचण्डले अनुशासनको विषय उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र