August 4, 2019

ठमेलस्थित ऐतिहासिक कमलपोखरी भू-माफियाको कब्जामा, स्थानीय आक्रोशित

काठमाडौं, १९ साउन । ठमेलस्थित ऐतिहासिक  कमलपोखरी अतिक्रमण गरेर व्यापारिक कम्प्लेक्स बनाएपछि स्थानीय आक्रोशित बनेका छन् ।पुरातात्विक महत्वको सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यापारिक केन्द्र बनाउँदा समेत सरकार मौन बसेको भन्दै स्थानीयबासीहरु रुष्ट बनेका हन् ।स्थानीयले भू-माफियाको मिलेमतोमा कमलपोखरी अतिक्रमण गरी छायाँदेवी कम्प्लेक्स निर्माण गरिएको विरोधमा आइतबार प्रदर्शन समेत गरेका छन् ।  भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको प्रदर्शनकारीको आरोप छ ।

आइतबार नेवाः राजनीतिक अभियानले इन्द्रचोकबाट विरोधस्वरुप र्‍याली निकालेको थियो । उक्त र्‍याली ठमेलस्थित छायादेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको थियो ।र्‍याली र कोणसभामा सहभागीहरुले भूमाफियाको प्रलोभनमा परेर सरकारी कर्मचारीले कमलपोखरी अतिक्रमण गर्दा पनि महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेकोप्रति आपत्ति जनाएका छन् ।प्रदर्शनमा सहभागी नागरिक अगुवाहरुले कोणसभालाई सम्बोधन गर्दै ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक सम्पदा अतिक्रमण भएकोमा आपत्ति जनाएका थिए । अतिक्रमित कमलपोखरीलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा राख्नु पर्ने उनीहरुको माग थियो ।प्रदर्शनकारीले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सरकार मौन बसेको र स्थानीयको माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै