
उनले भने,‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने बताए । यातायात संचालनमा निके अवरोध खडा भएको सुनाए । बाधा अवरोध फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएको बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगका आशा व्यक्त गरे ।
कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु पन्छाउनुपरेको सुनाए । अवरोधका बाबजुद यातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे । यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे ।
विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदा पुग्ने जानकारी दिए । कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजना बताएका थिए । संचालक मनिता जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकी थिइन् ।
कार्यक्रममा कान्तिपुर एफएमका निर्देशक दिनेश डि.सी.ले सुन्दर यातायात प्रा.लि को कदम सेवामूलक र भरपर्दो हुने विश्वास व्यक्त गरे । काठमाडौ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटााले शुभकामना मन्तव्य राखेका थिए ।
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण