August 1, 2019

काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने मन्त्री भट्टराईको घोषणा

१६ श्रावण , काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्। बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

Image result for उडड्यनमन्त्री योगेशकुमार भट्टराई

बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उनले आफूले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हटने बताए।

‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यही हुनेछ, जुन दिन मैले काम गर्न सकिन अथवा म असफल भएँ भन्ने महशुस प्रधानमन्त्रीलाई हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘त्यो दिन प्र्रधानमन्त्रीले मलाइ भन्नु हुनेछ र म मन्त्री पदबाट हटनेछु।’ 

मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए।

मन्त्री भट्टराईले केही दिन भित्र आफ्नो कार्ययोजना संचार माध्याममार्फत् सार्वजनिक गर्ने जानकारी दिए। उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कार्वाहीका बारेमा त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिन भित्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताए।

मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। त्यस अवसरमा मन्त्री भट्टराईले मदन भण्डारीलाई आफूले राजनीतिक आर्दश नेताको रुपमा स्मरण गर्ने गरेको बताए। यस अघि भट्टराईले जनयुद्धहरुका सहीदहरुको शालिकमा पनि माध्यार्पण गरेका थिए।

कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालय परिसरमा रहेको जनयुद्धका सहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए। बुधबार पनि उनले मन्त्री पदको सपथ लिने वित्तिकै लैनचौरस्थित सहीद पार्कमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन