July 27, 2019

कप्तान पारसको शानदार अर्धशतक, कुवेत ७ विकेटले पराजित

काठमाडौं, ११ साउन : आइसिसी टी २० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल विश्व छनोट नजिक पुगेको छ भने कुवेत बाहिरिएको छ । यसअघि कतार र मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका थिए । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ । सो खेल प्रतियोगिताको फाइनल बराबर हुने भएको छ । जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्व छनोटमा पुग्नेछ । अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ ।

 कप्तान पारसको शानदार अर्धशतक, कुवेत ७ विकेटले पराजित

शनिबार कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पार गर्‍यो । नेपालको जितमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङमा पारसले ६८ रन जोडे । यसअघि मलेसियाविरुद्धको खेल चोटका कारण गुमाएका पारस उत्कष्ट लयमा देखिएका थिए । उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे । पारसको यो टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक हो । त्यसअघि पारसका ओपनिङ पार्टनर ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी भने १ रनमै आउट भए । शरद भेषवाकरले नटआउट ३८ रन जोडे भने रोहितकुमार पौडेलले नटआउट ६ रन जोडे । शरदले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । बलिङमा कुवेतका मोहमद कासिफले ३ विकेट लिए । त्यसअघि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।

कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड । अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए । बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए । करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन