यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको छ। नेपालगञ्जबाट आएको फ्लाइट नं. एनवाइटी-४२२ एटीआर ७२–५०० सो जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु थिए। २ जना शिशु समेत सवार यतिले जनाएको छ।

सबै सकुशल रहेको कम्पनीले दाबी गरेको छ। विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजमा चढेर आएका दुई जना घाइते भएका छन्। अन्य यात्रुलाई सकुशल उद्धार गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण ठप्प
चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएका छन्।
काठमाडौंतर्फ आइरहेका अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएका छन्। दुबईबाट आएको नेपाल एयरलाइन्सको ९ एन एएलवाई जहाज दिल्ली डाइभर्ट गरिएको छ। दिल्लीबाट आएको रोयल भुटान एयरलाइन्सको जहाज थिम्पुस्थित पारो डाइभर्ट भएको छ। बैंककबाट आएको थाइ एयरवेजको टीजी ३१९ उडान ढाका डाइभर्ट गरिएको छ।
यो बाहेक करिब दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्। धावनमार्गमा रहेको जहाज हटाउन प्रयास भइरहेको छ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र